२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेलाई पनि काँग्रेस जस्तो बनाउन खोजेका थिए: ओली



फाइल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले फुट्नबाट जोगिएको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अहिलेको नेपाली काँग्रेसको जस्तै गरी एमालेलाई पनि फुटाउन खोजिएको तर सफल नभएको बताउनु भयो । पार्टीको महाधिवेशनले नेतृत्व चयन गरेर एमाले अहिले एकजुट भएको उहाँको दाबी छ । अध्यक्ष ओलीले प्रधानमन्त्री हुँदा आफू सुत्न समेत नभ्याएको र सरकारका काम कारबाहीमा सधैँ तल्लिन रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री हुँदा सुत्न भ्याइँदैन थियो । काम त त्यसरी नै गर्नुपर्छ । हामी हमला, आक्रमणको बीचमा छौँ । विरोधीहरु लागेका छन् । काँग्रेस पार्टीमा अहिले जे भएको छ, हाम्रो पार्टीमा पनि त्यही गर्न खोजेका थिए । एक वर्षअघि नै महाधिवेशन गरेर, हल्ला, भ्रमहरुको तुवाँलो चिरेर, शेरबहादुरलाई जसरी बलजफ्ती निस्काषन भनेर गरेका छन् त्यस्तै त हाम्रो पार्टीमा पनि गर्न खोजेका थिए नि त । कारबाही हुनुपर्छ, जिम्मेवार बन्नुपर्छ । यो अनुहार अगाडि लगाएर हिँड्न सकिँदैन भनेकै थियो त । त्यसो भए जनता र कार्यकर्ताले फैसला गरुन् भनेर एक वर्षअघि नै महाधिवेशन तानेर महाधिवेशन ग¥यौँ । हाम्रो पार्टीमा पनि यही समस्या आउँदै थियो नि । तर पार्टी जोगिएको छ । पार्टी एकजुट बनेको छ । महाधिवेशनले एउटा फैसला दिएको छ ।’

अध्यक्ष ओलीले पहिला सबै राम्रो र अहिले सबै नराम्रो भन्नेगरी भाष्य निर्माण गर्न नहुने बताउनु भयो ।