२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय लिग फुटबल : लालीगुराँस विजयी



अ+ अ-

काठमाडौँ। राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा मोफसलको लालीगुराँस एशोसिएसन क्लबले जावलाखेल युथ क्लबलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा पोखराको लालीगुराँस क्लबले  ‘ए’ डिभिजन लिग क्लब जावलाखेल युथलाई १–० ले गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो ।

लालीगुराँसका लागि राज भुसालले निर्णायक गोल गरे । उनले खेल सुरुआती दोस्रो मिनेटमा गोल गर्दै आफनो टोलीको जित सुनिश्चित गरे । यस जितसँगै लालीगुराँसले शीर्ष तीन अङक बटुलेको छ । त्यसैगरी सोही मैदानमा आजै भएको अर्को खेलमा सातदोबाटोे युथ क्लब र संकटा एफसीसँगबीचको खेल गोलरहित बराबरी सकिएको छ ।

अखिल नेपाल फुटबल सङघ (एन्फा)को आयोजनामा हिजो बुधबारदेखि सुरुआत भएको उक्त प्रतियोगितामा विभिन्न १७ टोलीको सहभागिता रहेको छ । रासस