२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति



माघे सङ्क्रान्तिका अवसरमा काठमाडौँको टुँडिखेलमा आज आयोजित कार्यक्रममा परम्परागत भेषभूषामा सजिएर सहभागी भएका मगर समुदाय। तस्बिरः रत्न श्रेष्ठ/रासस
अ+ अ-

काठमाडौँ।  मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज देशभर विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाएका छन् ।

आज काठमाडौंको टुँडिखेलमा आयोजित विशेष सांस्कृतिक कार्यक्रममा मगर समुदायले आपसमा शुभकामना आदान प्रदान गरे । नेपाल मगर सङ्घ केन्द्रीय कार्यसमितिले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा मगर जातिको मौलिक संस्कृति झल्किने नाच, वेशभूषा, खानपान तथा परम्परागत खेलहरू प्रदर्शन गरिएको थियो ।

मगर जातिको राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको माघे सङ्क्रान्ति समुदायको पहिचान र परम्परालाई उजागर गर्ने पर्वका रूपमा लिइन्छ । सङ्घका अध्यक्ष ज्ञानेन्द्र पुनमगरले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालले माघे सङ्क्रान्तिलाई राष्ट्रिय पर्वको रूपमा सार्वजनिक बिदा दिएपछि समावेशी लोकतन्त्रको केही अंश भए पनि प्रत्याभूत भएको बताउनुभयो ।

उहाँकाअनुसार यस पर्वले मगर जातिको पहिचान, सांस्कृतिक सहभागिता, सामाजिक सद्भाव तथा सामुदायिक मानवअधिकार प्रवर्द्धनमा योगदान पु¥याउने विश्वास गरिएको छ ।

कुल पितृको सम्झनामा आज खिचडी, फलफूल तथा फूलपत्रले पूजाआजा गरिने परम्परा छ । यस अवसरमा छोरीचेलीलाई टीका टालो र मिष्ठान भोजन (खिचडी, घ्यू, तरुल, अदुवा, सेलरोटी, बारा÷बटुक, गुड आदि) दान गरी विशेष सम्मानका साथ पुजिने चलन रहेको छ ।

आजै बिहान रत्नपार्कस्थित शान्ति बाटिकाबाट टुँडिखेलसम्म मौलिक झाँकीसहितको ¥यालीसमेत आयोजना गरिएको थियो । ¥याली तथा सांस्कृतिक कार्यक्रमले मगर समुदायको मौलिक पहिचान र सांस्कृतिक सम्पदालाई काठमाडौँमा उजागर गरेको सहभागीहरूको भनाइ छ । रासस