१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी



अ+ अ-

गण्डकी । चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका कृषि विकास शाखाको आयोजनामा बिहीबार पोखरामा बृहत् कन्दमूल प्रदर्शनी गरिएको छ ।

युवा पुस्तालाई घर तरुल, वन तरुल, गिट्ठा भ्याकुुर, सिमल तरुल, सखरखण्ड, पिँडालु, ओललगायत कन्दमूलबारे जानकारी गराउने उद्देश्यका साथ पोखरा–१७ स्थित ढुुङ्गेसाँघुमा प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीमा २५ किसिमका कन्दमूल राखिएका थिए ।

पोखरामा बर्सेनि करिब १३० टन तरुल र ९० टन सखरखण्ड बिक्री हुने गरेको कृषि विकास शाखाले जनाएको छ ।