२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशन प्रतिनिधिले केन्द्रिय समिति विघटन गर्न पाउँछः पुष्पा भुसाल



अ+ अ-

काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले काँग्रेसमा हाल देखिएको विवाद कुनै विवादको विषयवस्तु नै नभएको टिप्पणी गर्नुभएको छ ।

आधिकारिकता सम्बन्धि जानकारी दिनका लागि शुक्रवार निर्वाचन आयोगमा पुग्नुभएकी उहाँले काँग्रेसमा विवादको भन्दा विधानको विषयवस्तु महत्वपूर्ण भएको बताउनुभएको हो ।

उहाँले विधानको प्रक्रियालाई नै अनुशरण गरेर विशेष महाधिवेशन गरिएको दाबी गर्नुभयो । उहाँले काँग्रेसको विधानले महाधिवेशन प्रतिनिधिलाई शक्तिशाली बनाएको उल्लेख गर्नुहुँदै महाधिवेशन प्रतिनिधिले केन्द्रिय समिति विघटन गर्न पाउने बताउनु भयो । उहाँले आयोगलाई नेपाली काँग्रेसको विशेष महाधिवेशन प्रक्रियाअनुसार भएको छ कि छैन भनेर हेर्न मात्रै आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले जुन कुराहरु अगाडी आईरहेको छ । हामीलाई लाग्छ, यो कुनै विवादको विषयवस्तू हुँदै होईन । यो विधानको विषयवस्तु हो । विधानको प्रक्रियालाई अनुशरण गरेर नेपाली काँग्रेसले आफ्नो विधिवत् ढंगबाट विशेष अधिवेशन ग¥यो कि गरेन । त्यो प्रश्न चाहीँ अहं  विषयवस्तु हो । हाम्रो विधानले हाम्रो महाधिवेशन प्रतिनिधिलाई सार्वभौम शक्तिशाली संस्थाको रुपमा स्वीकार गरेको छ, हाम्रो विधानले । त्यो विधानभन्दा माथि कोही पनि छैन, नेतृत्व पनि छैन । महाधिवेशनभन्दा माथि न हाम्रो महासमिति छ, नत केन्द्रिय समिति छ, न केन्द्रिय कार्यसम्पादन समिति छ । महाधिवेशन प्रतिनिधिको निर्वाचनबाटै केन्द्रिय कार्य समितिको चयन हुन्छ । महाधिवेशन प्रतिनिधिको प्राकृतिक न्यायको सिद्धान्तअनुसार जसले जन्म दिन्छ, उसले विघटन पनि गर्न पाउँछ । यो सर्वमान्य सिद्धान्त हो, यसलाई सबैले स्वीर्कान पर्छ ।’

उहाँले महाधिवेशन प्रतिनिधि भन्दा माथि नेतृत्व, कार्यसम्पादन समिति, केन्द्रिय कार्यसमिति वा महासमिति कोही पनि नहुने बताउनु भयो ।




भर्खरै