१२ असार २०८३, शुक्रबार
,
Latest
भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ? कसलाई कति मत ? मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न बलियो कानूनी संरचना आवश्यकः सभापति थापा दश वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ शुक्लाफाँटामा स्वास्थ्य सेवाको पहुँच विस्तार रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित रास्वपा उपसभापतिमा सोविता विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना



अ+ अ-

रसुवा। आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन सम्पन्न गराउन आज रसुवामा मुख्य निर्वाचन कार्यालय स्थापना गरिएको छ ।

जिल्ला अदालतको भवनमा स्थापना गरिएको उक्त कार्यालयको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश ध्रुवकुमार उप्रेतीले एक कार्यक्रमका बीचमा उद्घाटन गर्नुभयो ।

आज शान्तिपूर्ण वातावरणमा निर्वाचन, कर्मचारी व्यवस्थापन, सामग्रीको व्यवस्थापन, सवारीसाधन परिचालन र आपसी सहयोगसमेतका विषयमा अन्तक्र्रिया भएको छ । प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी जिल्ला समन्वय प्रमुखलगायतको उपस्थितिमा उद्घाटन तथा अन्तरक्रिया गरिएको हो ।

रसुवामा ५७ मतदान केन्द्रबाट कुल ४१ हजार ४७१ मतदाताले मतदान गर्ने जनाइएको छ ।

कार्यक्रममा प्रजिअ राजेश पन्थीले भयरहित वातावरणमा मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्ने वातावरणका लागि  पूर्ण रूपमा  सुरक्षा प्रबन्ध मिलाइने जानकारी गराउनुभयो । रासस