२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोगको निर्णय बिरुद्ध देउवा पक्ष अदालत जाने



अ+ अ-

काठमाडौं: नेपाली काँग्रेसका शेरबहादुर देउवा पक्षिय नेताहरु निर्वाचन आयोगको निर्णयको विरुद्धमा आईतवार सर्वोच्च अदालत जाने भएका छन् ।

निर्वाचन आयोगले नेपाली काँग्रेसको आधिकारिकता विशेष महाधिवेशनबाट निर्वाचिन गगन थापाको समूहलाई दिएपछि देउवा पक्षधर नेताहरु सर्वोच्च जाने भएको हो । शनिवार देउवा पक्षका नेताहरुको पार्टी केन्द्रिय कार्यलयमा बसेको बैठकले आयोगले गरेको निर्णय विरुद्ध संवैधानिक एवं कानूनी उपचार तथा राजनैतिक प्रतिवाद गर्ने निर्णय गरेको नेता डा.प्रकाशशरण महतले जानकारी दिनुभयो । उहाँले आयोगको निर्णय विरुद्ध आईतवार सर्वोच्च अदालतमा रिट निवेदन दिने बताउनु भयो ।

उहाँले आयोगले आफूहरुको कुरा समेत नसुनीकन एकपक्षिय ढंगले निर्णय गरेको आरोप लगाउनु भयो । विशेष महाधिवेशनको नाममा गरिएको भेलाको औचित्य, वैधानिकता, उपस्थित संख्या समेत आयोगले नहेरिकन दुषित मनसायले आयोगले निर्णय गरेको उहाँको दाबी छ । काँग्रेसलाई क्षति पु¥याउनेगरी आयोगले निर्णय आफूहरुलाई अमान्य भएको उहाँले बताउनु भयो । उहाँले कांग्रेसको विधान र निर्वाचन सम्बन्धी कानूनलाई पनि ख्याल नगरेर आयोगले अन्यायपूर्ण दुषित मनशायबाट निर्णय गरेको उल्लेख गर्नुभयो । यसको विरुद्ध अदालत जाने र अदातलले आफूहरुलाई न्याय गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘तथाकथित विशेष महाधिशेनको नाममा गरिएको भेलाको औचित्य, वैधानिकता, उपस्थित संख्या समेत नहेरी एकलौटी रुपले गरिएको निर्णय दुषित मनशायले प्ररित रहेको यो बैठक ठहर गर्दछ । देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको विधिवत रुपमा निर्वाचित केन्द्रिय कार्यसमितिलाई अवैधानिक ढंगले परिवर्तन गरी नेपाली काँग्रेसलाई गम्भिर क्षति पु¥याउने मनशाय प्रष्ट देखिन्छ । यो निर्णय मुलकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनमा पार्ने षडयन्त्रको एक अंश हो । निर्वाचन आयोगको दुराशयपूर्ण निर्णयको कडा विरोध गर्दै यो बैठक उक्त निर्णय विरुद्ध संवैधानिक एवं कानूनी उपचार तथा राजनैतिक प्रतिवाद गर्ने निर्णय गर्दछ । भोली हामी यसको विरुद्धमा सर्वोच्च अदालतमा जान्छौँ । निर्वाचन आयोगले हामीलाई बोलाउँदा पनि नबोलाईकन, हाम्रो पक्षलाई बोलाएर सुन्ने औपचारिकता पनि उहाँहरुले पूरा गर्नुभएन । यो नजिर हाम्रो विधान, हाम्रो निर्वाचन सम्बन्धी जुन व्यवस्था छ, यो कुनैपनि पालना निर्वाचन आयोगले नगरेको ठहर्छ । यो अन्यायपूर्ण दुषित मनशायबाट गरिएको निर्णय भएको हुनाले सर्वोच्च अदालत नै हाम्रो अन्तिम सुनुवाई गर्ने ठाउँ हो । त्यसो भएको हुनाले सर्वोच्च अदालतमा हामी हाम्रो मुद्दा पेश गर्छौं र यसको विरुद्धमा जान्छौँ ।’ 

उहाँले नेपाली काँग्रेसको वैधानिकता १४ औँ महाधिवेशनबाट निर्वाचिन सभापति शेरबहादुर देउवा र आफूहरुसँगै रहेको पनि दाबी गर्नुभयो । आयोगको निर्णयलाई अदालतले सच्याउने उहाँको दाबी छ । – न्युज एजेन्सी नेपाल