२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या



symbolic picture
अ+ अ-

भक्तपुर, ३ माघः मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण भण्डारीले गएराति आफ्नी आमाको हत्या गरेका छन् ।

जिल्ला प्रहरी परिसरका प्रमुख सूर्यबहादर खड्काका अनुसार धारिलो हतियार प्रयोग गरी निजले आफ्नी ५० वर्षीया आमा सरिताको हत्या गरेका हुन् । आमाको हत्यापछि उनले आत्महत्याको प्रसयास गरेका थिए । टाउकोमा गम्भीर चोट लागेका निजको भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ ।

धनुषाको मिथिला नगरपालिका–११ का स्थायी बासिन्दा भण्डारी र निजका मातापिता तेर्चाटारमा डेरा गरी बस्दै आएका थिए । घटनाका बारेमा बाबुले राति १० बजे जानकारी दिएका हुन् ।रासस