२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनिल शर्माको घोषणाः नेपाल क्रिकेट टीम सुपर ८ मा पुगे फेरि २० लाख थपिदिन्छु



अ+ अ-

नेपाली काँग्रेसका नेता सुनिल शर्माले आईसीसी टी–२० विश्वकपको सुपर ८ मा नेपाली क्रिकेट टिम पुगेमा नेपाली टोलीलाई २० लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।

नेपाल क्रिकेट संघ(क्यान)ले शनिवार आयोजना गरेको विश्वकप क्रिकेट खेल्न जाने टोलीको बिदाई कार्यक्रममा उहाँले उक्त घोषणा गर्नुभएको हो । डा. शर्माले क्रिकेटसँग आफू नजिक रहेको पनि बताउनु भयो । उहाँले क्रिकेट टोलिको परिवारसहितको उपचारको जिम्मा पनि आफूहरुले लिएको पनि जानकारी दिनुभयो ।

दुई वर्षको लागी क्यानसँग खेलाडी र उनीहरुको परिवारको उपचारको काठमाडांै मेडिकल कलेजले सम्झौता गरेको उहाँको भनाई छ । उहाँले उक्त सम्झौता सकिएपछि फेरि नविकरण गर्ने समेत जानकारी दिनुभयो । उहाँले निजी क्षेत्रलाई समेत समावेश गरि खेलाडीहरुलाई उचित पेन्सन सुविधा उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो । उहाँले खेलाडीहरुको व्यवस्थापन गर्न राज्यले समयमा नै ध्यान दिनुपर्ने बताउनु भयो । खेलाडीहरुले सन्यास लिएपनि आर्थिक अभावमा समस्या भोग्नुपर्ने स्थिति आउन नदिन सबैले ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सुपर ८ सेभिङमा तपाईहरु पर्नुभयो भने २० लाख रुपैयाँ लिएर तपाईहरुसँग आउनेछौँ । चन्द दाईसँगको व्यक्तिगत कारणले पनि हामी क्रिकेटसँग नजिक भयौँ । तपाईंहरुको उपचारको जिम्मा हामीले लिएको छ, परिवार सहितको । दुई वर्षको सम्झौता हामीले गरेको होला, त्यो कहिले सकिन्छ, भन्नुस् । त्यसलाई हामी फेरि कार्यक्रम राखेर नविकरण गरिदिन्छौँ । राज्यलाई, सरकारलाई पनि म के आह्वान गर्न चाहन्छु भने निजी क्षेत्रहरुलाई पनि समावेश गराउँदै सरकारले खेलाडीहरुलाई पेन्सन उपलब्ध गराउनुपर्छ । अहिले खेल्दा खेल्दै त सुविधा होला, अझ यसलाई थप गर्ने र १० वर्ष खेलीसकेपछि के त ? रिटायरमन्ट । सरकारको जागिरबाट रिटायरमेन्ट हुने चाँही पेन्सन पाउने अनि दुनियाँभरि चिनाउने खेलाडीहरु जो हुनुहुन्छ, पुरुष या महिला । त्यो भाईबहिनीहरु खेलिसकेपछि फेरि अर्कोतिर जानुपर्ने स्थितिको अन्त्य होस् । पेन्सनको व्यवस्था होस् ।’   

आगामी फेब्रुअरी–मार्चमा श्रीलंका र भारतमा हुने आईसीसी टी–२० विश्वकपमा सहभागी हुने खेलाडीहरुलाई विदाई गरिएको हो । टोलीलाई क्यानका अध्यक्ष क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतले शुभकामना दिएका थिए ।