२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर डर्बीः युनाइटेडले सिटीलाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा युनाइटेडले चिर प्रतिद्वन्द्वी म्यान्चेस्टर सिटीलाई २–० ले हराएको हो ।

युनाइटेडको घरेलु मैदान वर्ल्ड ट्राफोर्डमा खेलको ६५ औं मिनेटमा ब्रायन बुमोले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । ब्रुनो फर्नान्डेजको पासमा उनले उत्कृष्ट गोल गरे ।

७६ औं मिनेटमा युनाइटेडले अग्रता दोब्बर पार्यो । प्याट्रिक डोर्गुले गोल गर्दै टोलिलाई २–० ले अघि बढाए । ब्रुनोको स्थानमा वैकल्पिक खेलाडीमा आएका मासन माउन्टले इन्जुरी समयमा गोल गरेपनि भिएआरले उक्त गोललाई रद्ध गरिदियो । उनी अफसाइड रहन पुगे ।

यो नतिजाले शीर्षस्थानको आर्सनललाई फाइदा पुग्यो । आर्सनलको २१ खेलबाट ४९ अंक छ । दोस्रो स्थानको सिटीको २२ खेलबाट ४३ अंक छ । युनाइटेड ३५ अंकसहित चौंथो स्थानमा छ ।