२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस आधिकारिकता विवादः शेखर कोइराला समूह सर्वोच्च नगएर छुट्टै छलफलमा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध कांग्रेस नेता डा. शेखर कोइराला र उनीनिकट नेताहरू सर्वोच्च अदालत गएका छैनन् ।

देउवा पक्षका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित विमलेन्द्र निधि, मीनबहादुर विश्वकर्मालगायत नेताहरू निर्वाचन आयोगको निर्णयविरुद्ध रिट लिएर सर्वोच्च पुगेका भए पनि शेखर कोइराला पक्षको उपस्थिति अदालतमा देखिएको छैन ।

निर्वाचन आयोगको निर्णय कार्यान्वयन भए नेपाली कांग्रेसको दुईतिहाइ शक्ति पार्टीविहीन हुने र चुनावमा सहभागी हुनबाटै वञ्चित हुने अवस्था आउन सक्ने दाबी गर्दै देउवा पक्षका नेताहरूले आयोगको निर्णय खारेजीको माग गर्दै रिट दायर गरेका हुन् ।

तर कोइराला पक्षले भने अदालत नजाने निर्णय गर्दै आफ्ना निकट नेताहरूको छुट्टै भेला बोलाएका छन् । डा. कोइरालाले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न आज दिउँसो १ बजे आफ्नो समूहका नेताहरूको बैठक आह्वान गरेका छन् ।

डा. कोइरालाले हिजो बिहान आफूनिकट नेताहरूसँगको छलफलमा आफूहरू विपक्षमा रहेकाले अदालतमार्फत नै न्याय खोज्ने बताएका थिए । तर आज उनीसहित उनका निकट नेताहरू सर्वोच्च अदालतमा उपस्थित नदेखिएपछि कोइराला समूहको रणनीतिबारे प्रश्न उठेको छ ।

यसअघि शुक्रबार देउवा पक्षले सानेपामा बोलाएको बैठकमा पनि डा. कोइराला सहभागी भएका थिएनन् ।