२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरको कार्यबाहक प्रमुखमा सुनिता डंगोल



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले कार्यबाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् ।

मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै उनले स्वतः कार्यबाहकको जिम्मेवारी पाएकी हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार मेयरले पदबाट राजीनामा पाएपछि स्वतः उपमेयरले कार्यबाहक पाउने व्यवस्था ऐनमा छ ।

मेयर शाह राजीनामा दिएर रास्वपा कार्यालय पुगेका छन् ।