२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको समानुपातिक सूचीमा पत्रकार गजेन्द्र बुढाथोकी समावेश



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि लोकप्रिय पत्रकार गजेन्द्र बुढाथोकीलाई समानुपातिक उम्मेदवारको सूचीमा समावेश गरेको छ।

आर्थिक मामिला र विशेषगरी खोजमूलक पत्रकारितामा गहिरो दखल राख्दै आएका बुढाथोकी ‘टक्सार’ म्यागजिनका सम्पादक समेत हुन्। लामो समयदेखि निर्भीक, तथ्यपरक र जनसरोकारका विषयमा केन्द्रित पत्रकारितामार्फत उनले नेपाली सञ्चार क्षेत्रमा छुट्टै पहिचान बनाउँदै आएका छन्।

शारीरिक अपाङ्गता हुँदाहुँदै पनि निरन्तर संघर्ष र दृढताका साथ पत्रकारितामा सक्रिय रहँदै आएका बुढाथोकीलाई राप्रपाले राष्ट्रिय राजनीतिमा प्रतिनिधित्वको अवसर दिनु सकारात्मक सन्देशका रूपमा हेरिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।