२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रिनल्याण्ड खरिद विवादः ट्रम्पको कर धम्कीले अमेरिका–युरोप सम्बन्ध बिग्रने चेतावनी



अ+ अ-

काठमाडौँ। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेन र युरोपेली काउन्सिलका अध्यक्ष एन्टोनियो कोस्टाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रिनल्याण्ड खरिदसँग जोडिएको कर प्रश्तावले ट्रान्सएट्लान्टिक सम्बन्धलाई कमजोर बनाउने चेतावनी दिएका छन्।

ट्रम्पले ग्रिनल्याण्ड खरिद गर्ने सम्झौता नभए फेब्रुअरी १ देखि विभिन्न आठ युरोपेली देशहरूमा कर बढाउने चेतावनी दिएपछि युरोपेली नेताहरूले यस्तो प्रतिक्रिया दिएका हुन् ।

ट्रम्पले ग्रिनल्याण्ड खरिद गर्ने सम्झौता नभए डेनमार्क, नर्वे, स्वीडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्याण्ड र फिनल्याण्डका सामानहरूमा फेब्रुअरी १ देखि १०% र जुनदेखि २५% कर लगाउने घोषणा गरेका छन् ।

युरोपेली नेताहरूले यस कदमले सम्बन्धलाई कमजोर बनाउने र खतरनाक ओरालो बाटोतिर लैजाने चेतावनी दिएका छन् ।

युरोपले क्षेत्रीय अखण्डता र सार्वभौमसत्ता अन्तर्राष्ट्रिय कानूनका आधारभुत सिद्धान्त भएको भन्दै आफ्नो सार्वभौमसत्ता रक्षा गर्न एकजुट रहने प्रतिबद्धता जनाएको छ ।

ग्रिनल्याण्ड डेनमार्क अधिराज्य अन्तर्गतको स्वशासित क्षेत्र हो । जसको रक्षा र विदेश नीति कोपेनहेगनले हेर्दछ ।(सिन्ह्वा/न्युज एजेन्सी नेपाल)