२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुर–२ मा एमाले नेता महेश बस्नेतविरुद्ध रास्वपाबाट राजीव खत्री भिड्ने



अ+ अ-

काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा आगामी चुनावका लागि नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेतविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजीव खत्रीलाई उम्मेदवार बनाउने भएको छ।

यसअघि काठमाडौं–१० बाट चुनाव लड्ने तयारीमा रहेका खत्रीलाई अन्ततः भक्तपुर–२ मा उम्मेदवार बनाउने टुंगो लागेको हो। खत्री पूर्व सञ्चारकर्मी हुन् र उनी पहिलोपटक सक्रिय राजनीतिमा होमिएर चुनावी मैदानमा उत्रन लागेका छन्।

जेन–जी आन्दोलनपछि महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध कडा अभिव्यक्ति दिँदै आएका थिए। यही पृष्ठभूमिमा मेयर साहले “जसरी पनि बस्नेतलाई पराजित गर्ने” रणनीतिअन्तर्गत खत्रीलाई अघि सार्न चाहेको बुझिएको छ। सोही अनुसार रास्वपाभित्र छलफल भएर खत्रीलाई भक्तपुर–२ पठाउने निर्णय भएको बताइएको छ।

सामाजिक सञ्जालमा महेश बस्नेत र राजीव खत्रीबीच लामो समयदेखि वाकयुद्ध चल्दै आएको छ। खत्रीले बस्नेतविरुद्ध तीखा टिप्पणी गर्दै आएका छन् भने बस्नेतले पनि खत्रीको नामै लिएर जवाफ फर्काउने गरेका छन्। उनीहरूबीचको यही कटुताले गर्दा भक्तपुर–२ को चुनावी प्रतिस्पर्धा थप रोचक हुने आँकलन गरिएको छ।

भक्तपुर–२ महेश बस्नेतको परम्परागत निर्वाचन क्षेत्र हो। तर, गत आमनिर्वाचनमा उनी पराजित भएका थिए। अर्कोतर्फ, खत्री काठमाडौं–१० का बासिन्दा हुन्। उनले सुरुमा सोही क्षेत्रबाट उम्मेदवारी दिने इच्छा पार्टीमा व्यक्त गरेका थिए। तर, पार्टी सभापति रवि लामिछाने र मेयर बालेन्द्र साहसँगको छलफलपछि उनलाई भक्तपुर–२ मा उम्मेदवार बनाउने निर्णय गरिएको हो।

योसँगै भक्तपुर–२ मा अनुभवी नेता बस्नेत र राजनीतिमा नयाँ प्रवेश गरेका खत्रीबीचको चुनावी भिडन्तले व्यापक चासो तान्ने देखिएको छ।