काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धादिङ क्षेत्र नम्बर १ बाट आशिका तामाङलाई प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाएको छ।
सोमबार रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले तामाङलाई टिकट प्रदान गरेका हुन्।
यसअघि तामाङले काठमाडौं क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने बताएकी थिइन्। तर अब उनी रास्वपाको तर्फबाट धादिङ–१ मा निर्वाचन मैदानमा उत्रिने भएकी हुन्।












