३१ जेष्ठ २०८३, आईतवार
,
Latest
डिभाइनका सगेन्द्र मिस्टर महानगर पेरुमा वामपन्थी राष्ट्रपतिको उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन ‘ड्यु प्रोसेस अफ ल’ पालना गर्न सरकारलाई काँग्रेस सभापति थापाको चेतावनी लागुऔषधसहित ३१ जना पक्राउ बजेटले मध्यम वर्गलाई राहत होइन, व्ययभार मात्र थप्योः सभापति थापा सुनितालाई घरमै नागरिकता युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच वर्षको लागि मौका दिनुस्, विदेशमा गएर काम गर्नुपर्ने बाध्यताको अन्त्य गर्छौंः कुलमान घिसिङ



अ+ अ-

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी निर्वाचनमा देशको नेतृत्व गर्ने अवसर आफूहरुलाई दिन आग्रह गर्नुभएको छ ।

तामाङ समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा सोमवार टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै उहाँले पाँच वर्षको लागि नेतृत्व गर्ने जिम्मा दिएमा विदेशमा गएर काम गर्नुपर्ने बाध्यताको अन्त्य गर्ने बताउनु भयो । उहाँले गरिबी हटाउन, देशको विकास गर्नको लागि आगामी निर्वाचनमा सही नेतृत्व छनौट गर्न आग्रह गर्नुभयो ।

आगामी निर्वाचनलाई ऐतिहासिक रुपमा लिनुपर्ने उहाँको भनाई छ । उहाँले पाँच वर्षको आफूहरुले काम देखेपछि फेरि जनताले आफँैलाई नै खोज्ने दाबी पनि गर्नुभयो । उहाँले गर्ने सक्ने कामको मात्रै प्रतिवद्धता जनाउनुपर्ने बताउनुहुँदै आफूले बालेको कुरा सधै पूरा गरेको पनि दाबी गर्नुभयो । जनतलाई आफूले कहिल्यै धोका नदिएको र आगामी दिनमा पनि नदिने उहाँको भनाई छ । उहाँले फागुन २१ गते हुने निर्वाचनमा आफूहरुलाई विश्वास गरेर हेर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अव हामी देशको समृद्धितर्फ अगाडी बढ्नुपर्नेछ । देशको समृद्धिको लागी नेतृत्वको जरुरी पर्छ । नेतृत्वको लागि आगामी निर्वाचन धेरै नजिक आएको छ । आगामी निर्वाचन, फागुन २१ को निर्वाचन नयाँ नेतृत्व, सही नेतृत्वलाई छनौट गर्ने एउटा महाअभियानको रुपमा तपाईहरुले लिनुहोला भन्ने म हार्दिक आग्रह गर्दछु । यो ईतिहासको एकदमै ठुलो, एकदमै महत्वपुर्ण अवसरको रुपमा लिनुहोला । यो अवसर गुमायौँ भने फेरि पनि नेपाल पुरानै परिस्थितिमा फर्किन सक्दछ । मैले कहिले पनि कसैलाई धोका दिएको छैन । धोका दिने पनि छैन । जे बोल्छु, त्यो गर्छ । जे गर्छु, त्यही बोल्छु । हिजोको दिनमा जे बोलिन्छ, त्यो गरिँदैन । जे गरिन्छ, त्यो बोलिँदैन । त्यो भएको हुनाले यो डेलिभरी गर्नुपर्ने, परिणाम दिनुपर्ने कुरा छ, त्यो परिणाम दिनको लागि सही नेतृत्व आवश्यक छ । तपाईहरुले अब आगामी ५ वर्षको लागि तपाईहरुले एउटा अवसर दिनुहोस् । त्यो अवसर हामीले देशको समृद्धिको लागि नेपाली जनताको मन मस्तिष्कमा उज्यालो छाउनको लागि, गरिबी हटाउनको लागि र विदेशमा गएर टन्टलापूर घाममा काम गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्नको लागी हामी प्रतिवद्ध भएर लाग्नेर्छौँ । ५ वर्ष भित्र एउटा यस्तो परिणाम दिनेछौँ र त्यसपछिको सरकार, नेतृत्व तपाईहरु नै आउनुस् भनेर तपाईंहरुले नै भन्ने वातावरण हामीले बनाउनेछौँ ।’

उहाँले आगामी निर्वाचनबाट पनि पुरानै शक्तिहरुको उदय भए देश झन अधोगतितिर जाने बताउनु भयो । देशलाई सही ट्रयाकमा ल्याउन सही र नयाँ नेतृत्वको जरुरी रहेको उहाँको भनाई छ ।