काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले झापा-५ को प्रतिनिधिसभा निर्वाचनको टिकट लिएका छन् ।
चुनावी सभाको क्रममा जनकपुर पुगेका बालेनले पार्टी सभापति रवि लामिछानेको हातबाट टिकट लिएका हुन् ।
बालेन अहिले जनकपुरमा छन् । उनले आज जनकपुरमा रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन गरेका थिए ।
बालेनले आइतबार काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएका थिए ।












