२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकामा भएको सडक दुर्घटनामा, १२ जनाको मृत्यु



अ+ अ-

दक्षिण अफ्रीका। दक्षिण अफ्रीकाको जोहानेसबर्ग स्थित एक स्कुलका विद्यार्थीहरू बोकेको मिनीबस ट्रकसँग ठोक्किएर दुर्घटना हँदा मिनी बसमा सवार १२ जना विद्यार्थीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुससार दुर्घटना जोहानेसबर्गबाट करिब ६० किलोमिटर दक्षिणमा रहेको औद्योगिक सहर भ्यान्डरबिजलपार्क नजिकै भएको हो ।

मिनीबसका चालकले अन्य सवारी साधनलाई ओभरटेक गर्ने प्रयास गर्दा नियन्त्रण गुमाएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

एघार जना विद्यार्थीको घटनास्थलमै र अर्का एक जनाको अस्पतालमा मृत्यु भएको प्रान्तीय शिक्षा मन्त्री माटोम चिलोनेले पत्रकारहरूलाई बताउनु भएको छ ।

उहाँले संलग्न बच्चाहरूको उमेर थाहा नभएको तर उनीहरू प्राथमिक विद्यालयका भएको उल्लेख गर्नु भएको छ ।

सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूले बिचलित आमा – बाबु प्रहरी परिषरको पछाडि भेला भएको सडक किनारमा कुचलिएको मिनीबस देखाइएको छ ।

यातायात मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार सन् २०२५ मा दक्षिण अफ्रिकाकोमा सडक दुर्घटनामा ११ हजार ४०० भन्दा बढीको ज्यान गएको थियो ।

अक्टोबरमा क्वाजुलु–नातालको राजमार्गमा मिनीबसले नियन्त्रण गुमाएर पल्टिँदा १८ जना बालबालिका घाइते भएका थिए ।

सेप्टेम्बरमा क्वाजुलु–नाताल सहरमा एउटा स्कुलको मिनीबस एउटा क्रेचमा ठोक्किँदा कम्तीमा पाँच जना विद्यार्थीहरूको मृत्यु भएको थियो भने अन्य आठ जना घाइते भएका थिए ।(रासस/एएफपी)