२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेणु दाहालले दिइन् राजीनामा



अ+ अ-

चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले पदबाट राजीनामा दिएकी छन्।

आसन्न प्रतिनिधिसभा निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने निर्णय गरेकी दाहालले उपप्रमुख चित्रसेन अधिकारीसमक्ष राजीनामा बुझाएकी हुन्।

दाहालले आज मध्यान्ह १२ बजे उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरिएको छ।

राजीनामा दिनुअघि उनले कार्यपालिका बैठक बोलाई महानगरका जनप्रतिनिधि तथा कर्मचारीहरूलाई आफ्नो कार्यकालमा सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेकी थिइन्।

रेणुले भरतपुर महानगरपालिकामा दुई पटक प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।