२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगन थापाविरूद्ध देउवाको रिट न्यायाधीश पोखरेलको इजलासमा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनको सुनुवाइ मंगलबार हुने भएको छ।

आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि देउवापक्षले सर्वोच्च अदालतमा रिट दायर गरेको हो।

उक्त रिटमाथि न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा सुनुवाइ हुने भएको छ। रिट सो इजलासको ‘ङ’ नम्बरमा राखिएको छ।

आइतबार शेरबहादुर देउवा र पूर्णबहादुर खड्का पक्षबाट वारेस श्रवणकुमार श्रेष्ठमार्फत रिट दायर गरिएको थियो। रिट दायर गरेकै दिन सुनुवाइ गर्न माग गरिएको भए पनि कानुनअनुसार नमिल्ने भन्दै प्रशासनले उक्त माग अस्वीकार गरेको थियो।

रिटमा देउवापक्षले विशेष महाधिवेशन अवैधानिक भएको दाबी गर्दै गगन थापा नेतृत्वको कार्यसमितिलाई भंग गर्नुपर्ने पहिलो माग राखेका छन्।

त्यसैगरी, फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ गते तोकिएको मनोनयन दर्ता प्रक्रिया मंगलबार नै सुरु भएकाले उम्मेदवारी चयन प्रक्रिया नै रोक्न माग गरिएको छ।

यदि मनोनयन दर्ता भइसकेको अवस्थामा त्यसलाई स्थगित गरी नयाँ मनोनयन मिति घोषणा गर्न पनि सर्वोच्च अदालतसमक्ष माग गरिएको छ।