काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पोखरेलले निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।
यसअघि उनी सोही क्षेत्रबाट माओवादी नेतृ रेखा शर्मासँग पराजित भएका थिए ।












