२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश जलाउनेहरुबाट जोगाउनु छः ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आगो लगाउनेहरुबाट देश जोगाउनु नै अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।

मंगलवार आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरिसकेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा ओलीले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

उहाँले अहिले देशमा आगो लगाउनेहरु जागिरहेको बतउनु भयो । उहाँले देश जलाउनेहरुले भ्रम फैल्याइरहेको र नयाँ पुस्ता त्यसको शिकार भइरहेको बताउनु भयो । आगो लगाउने, लोकतन्त्र खाने, संविधान मिच्नेहरुबाट कार्यालय जलाउनेहरुबाट, व्यक्तिका घर जलाउनेहरुबाट, सरकारी कार्यालय जलाउनेबाट, नगरपालिका चलाउनेबाट देश बचाउनुपर्ने अहिलेको आवश्यकता भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले देशमा आगो लगाउनेहरु जागिराखेका छन्, अघि बढिराखेका छन् । यिनले भ्रम पारिरहेका छन् । नयाँ पिँढीमा अलिकति भ्रम छ । भीड देखियो भन्नुभयो । मैले त त्यस्तो देखेको छैन । केही मान्छे जम्मा भएका होलान् । अब यस्तो अवस्थामा आगो लगाउने, लोकतन्त्र खाने, संविधान मिच्नेहरुबाट कार्यालय जलाउनेहरुबाट, व्यक्तिका घर जलाउनेहरुबाट, सरकारी कार्यालय जलाउनेबाट, नगरपालिका चलाउनेबाट देश बचाउनुपर्नेछ । देश बचाउनका लागि अनुभवी र दृढ नेतृत्व चाहिन्छ ।’

अध्यक्ष ओलीले देश बचाउनका लागि अनुभवी र दृढ नेतृत्व आवश्यक रहेको बताउनु भयो ।