२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेता डा कोइरालाद्वारा मोरङ क्षेत्र नं ६ मा उम्मेदवारी दर्ता



अ+ अ-

मोरङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नं ६ मा नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

उहाँले मुख्य जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा आज उम्मेदवारी दिनुभएको हो । उहाँसँगै यहाँ विभिन्न राजनीतिक दल एवं स्वतन्त्र गरी २० जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यहाँ नेकपा (एमाले) बाट विनोदप्रसाद ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुविना आचार्य, नेपाली कम्युनिष्ट पार्टीबाट ओपेन्द्रकुमार राय, राष्ट्रिय प्रजातन्त्र पार्टीवाट सविन निरौलालगायतले मनोनयन पत्र दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।रासस