२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा निर्वाचन: कोशी प्रदेशको २८ निर्वाचन क्षेत्रमा ५०४ जनाको मनोनयन दर्ता



अ+ अ-

मोरङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि कोशी प्रदेशमा ५०४ जनाको उम्मेदवारी परेको छ । प्रदेशमा प्रतिनिधिसभाका २८ निर्वाचन क्षेत्रमा सो सङ्ख्याको उम्मेदवारी परेको हो । प्रदेश निर्वाचन कार्यालयका अनुशार सवैभन्दा बढी सुनसरी ४ मा ३४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी छ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा ११८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मोरङ १ मा १८, २ मा १७, ३ मा २१, ४ मा २०, ५ मा २२ र ६ मा २० जनाको उम्मेदवारी परेको छ । यस्तै पाँच वटा निर्वाचन क्षेत्र रहेको झापामा ९० जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नं १ मा १५, २ मा १८, ३ मा १७, ४ मा १६ र ५ मा २४ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

सुनसरी जिल्लाको चार वटा निर्वाचन क्षेत्रमा १०९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । क्षेत्र नं १ मा २५, २ मा २८, ३ मा २२ र ४ मा ३४ जनाले उम्मेदवारी दिएका छन् ।

यसैगरी दुई÷दुई निर्वाचन क्षेत्र रहेको उदयपुरमा ३१ र इलाममा २७ जनाको उम्मेदवारी परेको छ । उदयपुर क्षेत्र नं १ मा १८ र २ मा १३, इलाम क्षेत्र नं १ मा १३ र २ मा १४ जनाले उम्मेदवारी दिएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । एक रएक निर्वाचन क्षेत्र रहेका ताप्लेजुङमा १३, पाँचथरमा १५, सङ्खुवासभामा १३, तेह्रथुममा १२, भोजपुरमा १२, धनकुटामा १८, सोलुखुम्बुमा १२, खोटाङ १५ र ओखलढुङ्गामा १६ जनाले उम्मेदवारी दिएका छन् ।