२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपति क्षेत्र विकास कोषद्वारा महाशिवरात्रि तयारी



अ+ अ-

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रि पर्वको तयारी सुरु गरेको छ । तयारीका लागि कोषले अनौपचारिक छलफलसहित सेवा शिविर सञ्चालन गर्न चाहने धार्मिक, सांस्कृतिक, सामाजिक, शैक्षिक एवं औद्योगिक सङ्घ संस्थाका लागि सूचना आह्वान गरेको छ ।

कोषले आज सूचना सार्वजनिक गरी महाशिवरात्रिमा देश विदेशबाट आउने साधुसन्त, भक्तजन तथा तीर्थयात्रीका लागि निःशुल्क रुपमा भोजन, आवास, पिउने पानी, स्वास्थ्य सेवा, स्वयंसेवक सेवालगायतका विभिन्न प्रकारका सेवा शिविर सञ्चालन गरी सेवा प्रदान गर्न इच्छुक धार्मिक, सामाजिक, शैक्षिक, औद्योगिक सङ्घ–संस्था एवं प्रतिष्ठानबाट निवेदन आह्वान गरिएको सूचना अधिकारी अनिता भट्टले राससलाई जानकारी दिनुभयो । सेवा सञ्चालन गर्न चाहने सङ्घ–संस्थाले सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा नेपाल सरकारबाट प्रचलित कानुनबमोजिम दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपिसहित निवेदन आह्वान गरिएको उहाँले सुनाउनुभयो ।

संस्थाहरुले सेवाको प्रकृति, सङ्ख्या, सेवा शिविर सञ्चालन हुने अवधिलगायतका आवश्यक विवरण स्पष्ट रुपमा उल्लेख गरी माघ २० गतेभित्र प्राप्त हुने गरी कोषले आवेदन आह्वान गरेको हो । माघ २० गतेभित्र उल्लेख गरिएको विवरणसहित आवेदन पेस नगर्नेलाई शिविर सञ्चालनको स्थान उपलब्ध गराउन तथा सेवा कार्यमा सहभागी गराउन नसकिने पनि सूचना अधिकारी भट्टले बताउनुभयो । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाले भरिपूर्ण सुन्दर, शान्त र आध्यात्मिक केन्द्र पशुपति क्षेत्रमा महाशिवरात्रि पर्व २०८२ लाई सभ्य, भव्य तथा दिव्य रुपमा सम्पन्न गर्न सबैको सक्रिय सहभागिताका लागि पनि कोषले सबैमा अपिल गरेको छ । यस वर्षको महाशिवरात्रि पर्व रात्रिमा फाल्गुनकृष्ण चतुर्दशी परेको दिन आगामी फागुन ३ गते आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।