१३ असार २०८३, शनिबार
,
Latest
सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वस्थ्य जीवन प्रवद्र्धन अभियान शुरु



अ+ अ-

मङ्गलबारे । इलामको रोङगाउँबाट स्वस्थ्य जीवन प्रवद्र्धन अभियान शुरु भएको छ । प्रदेश नं १ का सामाजिक विकास मन्त्रालयले आयोजना गरेको सो अभियानअन्तर्गत जीवनशैली परिर्वतनका लागि योग तथा आयुर्वेदको प्रयोग, टोल समुदाय सरसफाइ, मातृशिशु सुरक्षा, पोषणमा स्थानीय उत्पादनलाई जोड दिने खालका कर्यक्रम समावेश गरिएको छ ।

त्यस्तै अभियानअन्तर्गत नै सुर्तीजन्य पदार्थ नियन्त्रण, मदिरा न्यूनीकरण, सर्ने र नसर्ने रोग व्यवस्थापनका साथै आयुर्वेदिक स्वास्थ्य शिविर सञ्चालन गर्ने बताइएको छ । पछिल्लो समय सर्ने रोगभन्दा नसर्ने रोगका बिरामी बढी भएका कारण यससँग सम्बन्धित जानकारीसमेत सो अवसरमा गराइने छ ।

नसर्ने रोगको प्रकोप बढ्दो रहेकाले जीवनशैली, खानपान र व्यवहार परिर्वतनका साथै स्वास्थ्यको दिगो विकास लक्ष्यका सूचक प्राप्तिका लागि स्वास्थ्य प्रवद्र्धनका क्रियाकलाप जरुरी रहेकाले अभियान शुरु गरिएको मेची अञ्चल आयुर्वेद अस्पतालका प्रमुख तीर्थ आचार्यले बताए । रोङ गाँउपालिकाको ३ नं वडाबाट सोमबार यस कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको हो ।

अभियानअन्तर्गत प्रतिबद्धतापत्रमा गाउँपालिकाका अध्यक्ष शम्शेर राई, विद्यार्थी, अभिभावक, स्वास्थ्यकर्मी, सञ्चारकर्मीलगायतले हस्ताक्षर गर्दै जीवनशैली परिवर्तन गर्ने बताएका छन् । यसै कार्यक्रमअन्तर्गत सातदिने स्वास्थ्य शिविरसमेत शुरु गरिएको छ । शिविरमा शारीरिक उचाइअनुसारको तौलको अनुपात जाँच गर्ने, दैनिक क्यालोरी सिट दिने र आफैँ सामान्य बिरामीको जाँच गर्न सक्नेजस्ता पद्धति स्थानीयवासीलाई जानकारी गराइने बताइएको छ ।