१५ असार २०८३, सोमबार
,
Latest
गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार



अ+ अ-

ललितपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुर जिल्लामा कूल दुई लाख ६९ हजार २५६ मतदाता रहेका छन् ।

जसमध्ये एक लाख ३१ हजार ५४९ महिला र एक लाख ३७ हजार ७०७ पुरुष मतदाता छन् भने जिल्लाभरबाट ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

ललितपुर क्षेत्र नम्बर १ मा ३८ हजार ८४० महिला र ३८ हजार ८९७ पुरुष गरी जम्मा ७७ हजार ७३७ मतदाता रहेका छन् । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलबाट १६ जना र स्वतन्त्रबाट १२ जना गरी कूल २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये तीन महिला उम्मेदवार रहेका छन् ।

ललितपुर क्षेत्र नम्बर २ मा ४३ हजार २९८ महिला र ४५ हजार ७८४ पुरुष गरी जम्मा ८९ हजार ८२ मतदाता छन् । यस क्षेत्रमा १६ जना राजनीतिक दलबाट र सात स्वतन्त्र गरी २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ महिला उम्मेदवारको सङ्ख्या दुई जना मात्र रहेको छ ।

त्यसैगरी ललितपुर क्षेत्र नम्बर ३ मा ४९ हजार ४११ महिला र ५३ हजार २६ पुरुष गरी जम्मा एक लाख दुई हजार ४३७ मतदाता रहेका छन् । यस क्षेत्रमा कूल २३ जनाको उम्मेदवारी दर्ता भएको छ । तीमध्ये १६ जना विभिन्न राजनीतिक दलबाट र सात स्वतन्त्र उम्मेदवार रहेका छन् । यस क्षेत्रबाट पाँच महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा जम्मा ३१८ मतदान केन्द्र तोकिएका छन् । निर्वाचनको तयारी तीव्र पारिएको निर्वाचन कार्यालयले जनाएको छ । रासस