१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै प्रचण्ड, माधव नेपाल र शेखर कोइरालाबीच विराटनगरमा भेटवार्ता महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका र डेनमार्कबीच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा पुनः वार्ता हुने



अ+ अ-

स्विजरल्याण्ड। अमेरिका र डेनमार्कबीच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा पुनः वार्ता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क रुटबीच भएको वार्ताबारे जानकार एक स्रोतले बिहीबार एएफपीलाई बताएको छ ।

स्रोतले भनेको छ, “युरोपेली सहयोगीहरूले पनि आर्कटिक सुरक्षा बढाउनेछन्, तर अमेरिकी सार्वभौमिकताको अधीनमा ग्रीनल्याण्डमा अमेरिकी आधारहरू राख्ने बारेमा छलफल भएको छैन।”
“सन् १९५१ को सम्झौतामा पुनः वार्ता हुनेछ,” स्रोतले बताएको छ।

सन् २००४ मा अद्यावधिक गरिएको रक्षा सम्झौताले डेनमार्क र ग्रिनल्याण्डका अधिकारीहरूलाई पहिले नै सूचित गरी वासिङ्टनलाई आफ्नो सेना तैनाथ गर्न स्वतन्त्रता दिएको छ।

ग्रिनल्याण्डको उत्तरपश्चिममा रहेको पिटुफिक अन्तरिक्ष अखडा अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको महत्वपूर्ण कडी हो ।

ट्रम्पले बुधबार डाभोसमा विश्व आर्थिक मञ्चमा रुटसँगको वार्तापछि सम्झौताको आधारभूत खाकाको घोषणा गरेका थिए ।

रुटले बिहीबार भन्नुभयो, “चिनियाँ र रुसले ग्रीनल्याण्डको अर्थतन्त्रमा वा सैन्य रूपमा पहुँच नपाऊन् भन्ने कुरा हामी सुनिश्चित गर्छौँ ।”

ट्रम्पको ग्रिनल्याण्ड लिने चेतावनीले ट्रान्सएटलान्टिक गठबन्धनलाई धक्का दिएको छ र नेटोलाई दशकौँको सबैभन्दा ठूलो सङ्कटमा धकेलेको छ।

ट्रम्पले ग्रीनल्याण्डको चाहनालाई सही ठहराउन प्रयोग गरेपछि केही युरोपेली राष्ट्रहरूले नेटोलाई आर्कटिकमा सुरक्षा बढाउन दबाब दिएका छन्।(रासस/एएफपी)