२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेटो प्रमुखले ग्रीनल्याण्डबारे वार्तामा डेनमार्कको प्रतिनिधित्व गर्न सक्दैनन् : डेनमार्क सरकार



अ+ अ-

कोपनहेगन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क रूटबीचको वार्ताको भोलिपल्ट डेनिस सरकारले बिहीबार उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का प्रमुख मार्क रुटले ग्रीनल्याण्डका विषयमा डेनमार्कका तर्फबाट वार्ता गर्न नसक्ने जनाएको छ ।

बुधबार रुटसँगको भेटपछि ट्रम्पले डेनमार्कको स्वायत्त क्षेत्रमा सम्झौताको ‘फ्रेमवर्क’ मा पुगेको बताउनुभएको थियो ।

डाभोसको स्विस स्की रिसोर्टमा भएको विश्व आर्थिक मञ्चमा भएको सम्झौताको सबै विवरण अझै सार्वजसिनक भइसकेको छैन ।

डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले डेनमार्कको एक टेलिभिजनसँग भन्नुभयो, “डेनमार्क र ग्रीनल्याण्डको हैसियत समान छ, र हाम्रो सार्वभौमिकताका बारेमा हिजो नेटोसँग कुनै वार्ता भएको थिएन।”

“डेनमार्क र ग्रिनल्याण्डको विषयमा निर्णय उनीहरूले नै गर्न सक्छन्,” उहाँले भन्नुभयो ।

अमेरिका र डेनमार्कले सन् १९५१ मा ग्रिनल्याण्डसम्बन्धी सन्धिमा पुनः वार्ता गर्ने सहमति भएको ट्रम्प र रुटबीच भएको वार्ताबारे जानकार एक स्रोतले बिहीबार एएफपीलाई बताएको छ ।

ग्रिनल्याण्डमा अमेरिकी सैन्य अखडालाई अमेरिकी सार्वभौमिकताअन्तर्गत राख्ने विषयमा वार्ताका क्रममा छलफल नभएको स्रोतले जनाएको छ ।

डेनमार्कका रक्षामन्त्री ट्रोएल्स लुन्ड पौल्सेनले बिहीबार सामाजिक सञ्जालमा रुटले डेनमार्क वा ग्रिनल्याण्डका तर्फबाट सम्झौता गर्न नसक्ने बताएका छन् ।

उहाँले भन्नुभयो, “रुटले नेटोभित्र एकता कायम गर्न वफादारीका साथ काम गर्नुभएको थियो । यो ‘धेरै सकारात्मक’ कुरा थियो तर गठबन्धनले आर्कटिक सुरक्षालाई बलियो बनाउन अझ बढी गर्न चाहेको थियो।

उहाँले थप्नुभयो, “हामी राज्यका केही भागहरूमाथि सार्वभौमिकता छोड्ने छैनौँ । यसबारे हामी स्पष्ट छौँ ।”(रासस/एएफपी)