२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाथिभरा यात्रामा बालेन



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह मुक्कुमलुङ (पाथिभरा) दर्शनका लागि ताप्लेजुङ पुग्नुभएको छ ।

मुक्कुमलुङ दर्शन गरेर भोलि फर्कने रास्वपा नेता मिलन लिम्वुले जानकारी दिनुभयो । साह चुनावी अभियान लिएर इलाम हुदै ताप्लेजुङ पुग्नु भएको हो ।

आज बिहानै झापाबाट इलाम हुदै ताप्लेजुङ पुग्नु भएको हो । बालेनले पार्टीका उम्मेदवारहरूसँग छलफल गर्नुभएको छ । बालेन झापा ५ मा एमाले अध्यक्ष केपी ओलीसँग चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

फोटो- मिलन लिम्वु