१५ असार २०८३, सोमबार
,
Latest
पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट कीर्तिपुरकाे होल्डिङ सेन्टरबाट एक जना पक्राउ कालो सिसा हटाउन नाडा–ट्राफिकबिच छलफल, स्टिकर हटाउनबाट अभियान सुरु गर्न सुझाव गृहमन्त्री गुरुङले लगाए आफ्नो गाडीबाट कालो सिसा हटाउन २५ लाखभन्दा माथिको शेयर कारोबारमा १ प्रतिशत शुल्क हटाइने लेखापरीक्षणको गुणस्तर सुधार्न वित्तीय तथा संगठनात्मक स्वायत्तता आवश्यक छ : महालेखा परीक्षक राय अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन



अ+ अ-

कर्णाली।  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम नगर्ने निर्माण व्यवसायीले सञ्चालन गरेका रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयद्वारा आज सुर्खेत वीरेन्द्रनगमा आयोजित अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री कँडेलले जिम्मा लिने लिने तर समयमा काम नगरेर अलपत्र पारिएका रुग्ण आयोजनाका ठेक्का प्रक्रिया मिलाएर तोड्न भौतिक मन्त्रालयलाई निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, “जतिसुकै पहुँच र शक्ति भए पनि समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोड्नुस् ।”

मुख्यमन्त्री कँडेलले सरकारले आवश्यक बजेट छुट्याउने तर समयमा आयोजनाको काम सम्पन्न नगरेर अलपत्र पार्दा त्यसले हामीप्रति नै नागरिकको अविश्वास पैदा हुने बताउँदै भन्नुभयो, “पैसा भएर काम हुन नसकेको र योजना अलपत्र छाड्छ भने त्यस्ता निर्माण व्यवसायीप्रति लचिलो हुनुपर्ने जरुरी र्छैन ।” सकेसम्म निर्माण व्यवसायीलाई सहजीकरण गरेर आयोजना सम्पन्न गर्ने दायित्वतिर लाग्न र यसलेसमेत परिणाम नदेखिए नियमसङ्गत रुपमा ठेक्का अन्त्य गर्न उहाँले मन्त्रालयलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव अर्जुन बमले पछिल्ला तीन वर्षभन्दाअघिका केही आयोजना रुग्ण रहेकाले त्यसबारे समयमा निर्णय लिनुपर्ने बताउनुभयो । उहाँले चालु आवमा करिब ८२ प्रतिशत खरिद प्रक्रियामा गइसकेको र केही बहुवर्षीय आयोजना स्वीकृतिको चरणमा रहेकाले माघ मसान्तसम्म सबै आयोजना ठेक्का प्रक्रियामा गइसक्ने बताउनुभयो । रासस