१५ असार २०८३, सोमबार
,
Latest
पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट कीर्तिपुरकाे होल्डिङ सेन्टरबाट एक जना पक्राउ कालो सिसा हटाउन नाडा–ट्राफिकबिच छलफल, स्टिकर हटाउनबाट अभियान सुरु गर्न सुझाव गृहमन्त्री गुरुङले लगाए आफ्नो गाडीबाट कालो सिसा हटाउन २५ लाखभन्दा माथिको शेयर कारोबारमा १ प्रतिशत शुल्क हटाइने लेखापरीक्षणको गुणस्तर सुधार्न वित्तीय तथा संगठनात्मक स्वायत्तता आवश्यक छ : महालेखा परीक्षक राय अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी



अ+ अ-

भादगाउँ। मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी भएको छ ।

बाल सुधारगृहका दुई समूहबीच भएको झडप आगजनी र तोडफोडमा परिणत भएको थियो । आपसमा झडप भएपछि थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गाना नेतृत्वको टोलीले सुधारगृह पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो ।

प्रहरी टोलीलाई झडपमा संलग्न दुवै समूहले प्रहरीमाथि नै ढुङ्गामुढा गरेको थियो स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलबाट ५० जना परिचालन भएका थिए ।

मध्यरातमा भक्तपुर र काठमाडौँका वारुणयन्त्रले  आगो निभाएका थिए । सुधारगृहमा भएको क्षतिको विवरण आउन बाँकी रहेको थिमि प्रहरी वृत्तले जनाएको छ । उक्त गृहमा १४५ पुरुष र २४ महिला गरी १६९ जना छन् ।

अहिले स्थिति नियन्त्रणमा आएको भए पनि त्यहाँ बाक्लो सङ्ख्यामा उपस्थित सुरक्षाकर्मीले निगरानी गरिरहेका छन् । रासस