२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीपञ्चमी देशभर मनाइँदै (तस्बिरसहित)



अ+ अ-

काठमाडौँ ।  विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर श्रीपञ्चमी पर्व हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त पञ्चमीका नामले पनि प्रसिद्ध यो पर्वमा सरस्वतीको पूजा गरे विद्या, बुद्धि र ज्ञान प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा देशभरका सरस्वती मन्दिरहरूमा भक्तजनको घुइँचो लागेको छ । काठमाडौंको स्वयम्भू, ललितपुरको लेले सरस्वती कुण्ड, थिमीको सरस्वती मन्दिरलगायत स्थानमा बिहानैदेखि पूजा र दर्शनका लागि श्रद्धालुहरूको भीड लागेको छ । विद्यार्थीहरूले विशेष रूपमा पुस्तक, कलम र वाद्ययन्त्रहरूमा पूजा गरी सरस्वती देवीको आशीर्वाद लिने प्रचलन छ ।

यसैगरी, आजै बालबालिकाहरूको अक्षरारम्भ (विद्यारम्भ) गराउने र नाक–कान छेडाउने चलन पनि कायम छ । मिथिला क्षेत्रमा भने श्रीपञ्चमीलाई कृषि नववर्षको रूपमा समेत उत्सवका साथ मनाइन्छ । हनुमानढोका दरबारको नासलचोकमा परम्परागत वसन्त श्रवण कार्यक्रम पनि आज आयोजना हुँदैछ । वसन्त ऋतुको शुरुवातसँग जोडिएको यो पर्वले प्रकृतिमा नयाँ ऊर्जा र हरियालीको सन्देश बोकेको छ ।

तस्बिरहरुः अनुप प्रधान/ न्युज एजेन्सी नेपाल




भर्खरै