२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

माघ १४ शुक्ल चतुर्थी, यी राशिहुनेहरुको आजको दिन एकदमै राम्रो ! हेर्नुहोस् राशिफल



अ+ अ-

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): आज आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । समस्या सुल्झाउन सकिनेछ । शुभकार्यको चर्चापनि चल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान हराउन सक्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): मनमा उत्साहका साथै बोली विक्ने समयछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाइएला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ): सामान हराउने वा चोरी हुने सम्भावना छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । अनावश्यक ठाउँमा धन खर्च होला । वैदेशिक क्षेत्र कमजोर रहनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ): बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ): शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । व्यक्तिगत खुसीका लागि केही खर्च हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ): आज नयाँ कार्यको योजना बन्नेछ । धार्मिक यात्राको योगछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । सन्तान सुख मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथीको आगमन हुनेछ । पुरानो स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ): कहीँ–कतैबाट कुनै उपहार प्राप्त होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): काममा अपेक्षाकृत सफलता हात पर्नेछ । आफन्त एवं इष्टमित्रसँग भेटघाट होला । काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ): व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । चिन्ता हटेर मन हलुका हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । सुखद् यात्राको योग छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ): वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । आर्थिक एवं व्यावसायिक क्षेत्र सुदृढ रहनेछ । हाम्रो पात्रो