२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उम्मेदवारी फिर्ता लिई रास्वपालाई सहयोग गर्न स्वर्णिमको बाबुरामलाई आग्रह



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तनहु क्षेत्र नं २ उम्मेदवार डा. स्वर्णिम वाग्लेले गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार डा. बाबुराम भट्टराईलाई उम्मेदवारी फिर्ता लिएर रास्वपालाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।

डा भट्टराईसंगको फोटो सामाजिक संञ्जालमा राख्दै वाग्लेले उम्मेदवारी फिर्ता लिई आगामी दिनमा राजकाजका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उदारतापूर्वक सघाइ अनुकरणीय देशभक्तिपूर्ण उदाहरण प्रस्तुत गर्नहुन विनम्र अनुरोध गर्नुभएको छ ।

गोरखा २ मा रास्वपका महामन्त्री कबिन्द्र बुर्लाकोटी उम्मेदवार हुनुहुन्छ ।

सामाजिक संञ्जालमा वाग्लेले लेख्नुभएको छ

डा. बाबुराम भट्टराईलाई विशेष आग्रह.
पुराना दलहरूले राजनीतिक-सामाजिक सशक्तिकरणका लागि व्यवस्था परिवर्तनकै संघर्षबाट जे जति उपलब्धि हासिल गरे तिनको सारभूत संरक्षण गर्दै आगामी २१औं शताब्दीमा आर्थिक समुन्नतिको बाटो भने नयाँ र वैकल्पिक राजनीतिक दल र अभियानहरूबाट मात्र सफल हुन्छ भन्ने निष्कर्ष सहित ‘नयाँ शक्ति’ को कल्पना डा. बाबुराम भट्टराईले गर्नुभएको हो। तत्पश्चात् उन्नत बन्दै आएको वैकल्पिक राजनीतिक जगमा आज राष्ट्रिय स्वतन्त्र पार्टीको उदय, विस्तार र उचाइ सम्भव हुन सकेको सर्वविदितै छ। पूर्व प्रधानमन्त्रीका रूपमा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मार्गनिर्देश गर्न वरिष्ठ अभिभावकीय भूमिका निभाउन सक्नुहुनेछ भन्ने हाम्रो विश्वास छ। फागुन २१ पछि रास्वपाकै नेतृत्व वा सहभागितामा बन्न सक्ने संघीय सरकारकाे राजनीतिक-प्रशासनिक एवं सुशासन र विकाससँग सम्बन्धित संक्रमणकालीन व्यवस्थापन (transitional management) मा उहाँको अनुभवबाट सिक्दै हामीले धेरै गर्नुछ। त्यसैले फागुन २१ को आसन्न निर्वाचनमा गोरखा क्षेत्र न. २ बाट उम्मेदवार रहनुभएका डा. भट्टराईलाई उम्मेदवारी फिर्ता लिई आगामी दिनमा राजकाजका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उदारतापूर्वक सघाइ अनुकरणीय देशभक्तिपूर्ण उदाहरण प्रस्तुत गर्नहुन विनम्र अनुरोध गर्दछौं।
स्वर्णिम वाग्ले
उपसभापति, राष्ट्रिय स्वतन्त्र पार्टी