२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस सभापति थापासहित नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको नवनिर्वाचित सभापति गगन थापासहित पदाधिकारीहरुले पदभार ग्रहण गर्नुभएको छ ।

दोस्रो विशेष महाधिवेशनबाट निवार्चित पदाधिकारीहरुले शुक्रवार पार्टी कार्यलय सानेपामा पदभार ग्रहण गर्नुभएको हो ।

थापालाई उपसभापति बिश्वप्रकाश शर्माले सहति अन्यनेताहरुले कार्यकक्षमा स्वागत गर्नुभएको थियो । सभापति थापाले पुजा अर्चचा सहित पदबहाली गर्नुभयो ।

उहाँको कार्यकक्षमा शेर बहादुर देउवाको फोटोलाई पूर्व सभापतिहरुको लाईनमा राखिएको छ ।

सभापति थापासहित उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरु घिमिरे तथा सहमहामन्त्रीहरुले पदभार ग्रहण गर्नुभएको छ । पदाधिकारीहरुको पदभारग्रहण पछि केन्द्रिय समितिको बैठक शुरु भएको छ । उक्त बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्ने बताइएको छ ।

गत पुस २७ गतेदेखि माघ १ गतेसम्म चलेको काँग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सर्वसम्बत रुपमा सभापति निर्वाचित हुनुभएको थियो ।