१३ असार २०८३, शनिबार
,
Latest
सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसका कारण भ्रमण वर्षको लक्ष पूरा नहुने खतरा



अ+ अ-

काठमाडौँ । आजका दिनसम्मको तथ्यांक हेर्दा चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ८० पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले झण्डै दुइ हजार ७४४ जना सङ्क्रमित भएको बताएका छन् । साथै संक्रमितहरुको संख्या अरु धेरै जना छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार चीनमा यस प्रकोपका कारण राष्ट्रिय संकटकै अवस्था सिर्जना हुदैछ ।

सङ्क्रमितमध्ये ४६१ जनाको अवस्था गम्भीर रहेको आइतबार अबेर राती सो आयोगले जनाएको छ । गत २४ घण्टायता ७६९ जना नागरिकमा यो भाइरसको सङ्क्रमण देखिएको छ । त्यसैगरी ३ हजार ८०६ जनालाई पनि यसको सङ्क्रमणको आशङ्का गरिएको आयोगले जनाएको छ । यस कोरोना भाइरसबाट निको भएर एक हजार भन्दा बढी व्यक्ति अस्पतालबाट घर फर्किएका पनि उक्त समाचारमा जनाइएको छ । घर फर्र्किएकाहरुलाई पनि विशेष निगरानीमा राखिएको छ । उक्त सङ्क्रमणको उत्पत्ति भएको उहान क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

सङ्क्रमणको प्रकोप चीनका कम्तीमा २५ प्रान्तमा फैलिएको छ भने कम्तीमा १८ शहरमा निकै डरलाग्दो तरिकाले फैलिएकाले ती सहरहरुमा यातायातका साधन सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ । ती क्षेत्रमा विभिन्न किसीमले सतर्कता अपनाइएको चीन सरकारले जनाएको छ । सरकारले देशभर हुने उडान, रेल सेवा र अन्य सवारीका साधनहरुको आवतजावतमा निगरानी बढाएको र उच्च सतर्कताका अपनाउन आह्वान गरेको छ ।

तर दुखको कुरा के भएको छ भने यस भाइरसको संक्रमणका कारण नेपालले लिएको भ्रमण वर्षको लक्ष्य पूरा नहुने संकेत देखिएको छ । यतिखेर चीनबाट नेपाल मात्र नभएर अरु देशमा जाने पर्यटकलाई पनि विशेष निगरानी गर्न थालिएको छ । जसका कारण उनीहरु हिँडडुल पनि गरेका छैनन् । अत्यावश्यक कामबाहेक चिनियाँहरु अहिले विदेश गएका छैनन् । उनीहरु नेपाल पनि कमै मात्र आएका छन् ।
नेपालले यस वर्ष नेपाल भ्रमण वर्ष मनाइरहेको छ । हामीले यस वर्ष कम्तीमा पनि २० लाख पर्यटक भित्र्याउने लक्ष लिएका छौँ र सबैभन्दा बढी हामीलाई आशा लागेको पनि चिनियाँ पर्यटकबाट नै हो । किनभने गतवर्ष मात्र दुइ लाखभन्दा केही बढी चिनियाँ नेपाल आएका थिए । पछिल्लो समय लुम्बिनीप्रति चिनियाँलाई अकर्षित गर्न सके हामीलाई लक्ष्य भेट्न सजिलो हुन्छ भन्नेमा नेपाल सरकार ढुक्क छ । चीनबाट आउने पर्यटक संख्या बढ्दो पनि रहेकाले यसलाई आशालाग्दो अवस्था पनि भन्न सकिन्छ ।
साढे दुई अर्ब जनसंख्याका दुई ठूला देशको बीचका हामीले राखेको लक्ष्य २० लाख मात्र हो । यसका लागि आवश्यक दिनमा ५ हजार ४८० जना पर्यटक भित्र्याउन गाह्रो होइन । दश लाख पर्यटक त भित्र्याउने लक्ष्य त हामीले सन् २०११ मै राखेका थियौँ । ग्लोबल टाइम्स् पत्रिकाले सन् २०२० पछि नेपालमा धेरै पर्यटक बढ्ने हालै लेखेको छ । नेपालबारे खोजी गर्ने चिनियाँको संख्या पहिले भन्दा १३ प्रतिशत बढेको उसको तर्क छ । यो आँकडा हेर्दा नेपालले गरेको ३ लाख चिनियाँ भित्र्याउने लक्ष्यभन्दा बढी नै आउने देखिन्छ । तथ्य सबैले बुझ्नु जरुरी छ । अनि हरप्रकारको समृद्धिको मूल आधार सडक हो भनेर बुझ्न झनै जरुरी छ ।
गतवर्ष चिनियाँ राष्ट्रपति सि चिनफिङ नेपाल भ्रमणमा आएका थिए । त्यस्तै चिनियाँ विदेशमन्त्री पनि आए । उनीहरुको भ्रमणपछि नेपालमा चिनियाँ पर्यटकको संख्या पनि बढ्दै छ । तर पछिल्लो पटक चीनमा देखिएको यो भाइरसका कारण भने नेपालमा चिनियाँ पर्यटक आउन नसक्ने खतरा बढेको छ ।