१३ असार २०८३, शनिबार
,
Latest
सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बैतडीमा छाउगोठ छैन’



अ+ अ-

बैतडी । जिल्ला प्रशासन कार्यालयले जिल्लामा छाउगोठ नरहेको जनाएको छ । गृह मन्त्रालयले गत पुस ८ गते छाउगोठ भत्काउन निर्देशन दिएपश्चात प्रशासनले तयार पारेको रिपोर्टमा छाउगोठ नरहेको पाइएको हो ।

प्रशासन कार्यालयले प्रहरी युनिट, स्थानीय तह र सरोकारवालासँगको छलफलबाट छाउगोठ नरहेको पाइएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । निर्देनशनपश्चात छाउगोठ रहेनरहेका बारे तथ्याङ्क सङ्कलन गर्न सबै स्थानीय तह र सबै प्रहरी युनिटलाई पत्राचार गरिएको थियो ।

यस्तै जिल्लामा छाउगोठ नरहेको भए पनि महिनावारी भएका बेला अलग्गै बस्ने तथा छाउ बार्ने चलन कायमै रहेको छ । यसका साथै महिनावारीका बेला दूध दहीसमेत खान नहुने कुप्रथा छ । किशोरीले पनि महिनावारीका बेला विद्यालय नजाने र मन्दिर प्रवेशसमेत गर्न नहुने अन्धविश्वास रहेको छ । महिनावारी भएका बेला चार दिनसम्म कुनै व्यक्तिलाई छुन नहुने र दूध दही खान नदिने गरेको डिलाशैनीका अमिता बोहराको भनाइ छ ।