१५ असार २०८३, सोमबार
,
Latest
उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता



अ+ अ-

स्याङ्जा।  स्याङ्जामा चार जनाले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले आज उम्मेदवारी फिर्ताको समय तोकेकोमा प्रगतिशील लोकतान्त्रिक पार्टीसहित चार जनाले उम्मेदवारी फिर्ता लिनुभएको हो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकामध्ये स्याङ्जाको क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवारी दिनुभएका मनोज नेपाली दर्जी आफैँले उम्मेदवारी फिर्ता लिनुभएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो ।

स्याङ्जा क्षेत्र नं १ मा १३ जनाले उम्मेदवारी दर्ता गराएकोमा एक जनाले फिर्ता लिएपछि अब १२ जना चुनावी मैदानमा उत्रिने भएका हुन् ।

क्षेत्र नं २ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार टीकाराम रेग्मीले उम्मेदवारी फिर्ता लिनुभएको सो निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वतन्त्र उम्मेदवारी दिनुभएका घनश्याम पाण्डे र दिलीप श्रेष्ठ आफैँले तोकिएको अवधिभित्र उम्मेदवारी फिर्ता लिनुभएका छ ।रासस