१५ असार २०८३, सोमबार
,
Latest
उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिम नेपालमा सुरु भयो वर्षा



फाइल फोटो
अ+ अ-

काठमाडौँ। पश्चिम नेपालबाट आज अपराह्नदेखि वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

विभागका सूचना अधिकारी दिनकर कायस्थले सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको पनि जानकारी दिनुभयो ।

विभागबाट प्राप्त विवरणअनुसार पछिल्लो तीन घण्टामा बैतडीको शतबाँजमा १० मिलीमिटर वर्षा भएको छ र यस्तै दार्चुलामा पाँच, डडेलधुरामा ९.४, डोटीमा सात, कञ्चनपुरमा ०.८ र कैलालीमा ०.४ मिलीमिटर वर्षा भएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तर राति विस्तारै फेलिने पनि विभागले जनाएको छ ।

आज सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ६.९ डिग्री तापक्रम रहेको छ । यस्तै जोमसोममा माइनस तीन र जिरीमा माइनस ०.९ डिग्री तापक्रम रहेको छ ।

आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थान, लुम्बिनी प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको पनि विभागले अहिले साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात/वर्षा र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको जनाइएको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित असिनाको समेत सम्भावना रहेको छ ।

सोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकाले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिनहुन अनुरोध पनि गरिएको छ ।रासस