२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश परिवर्तनको यात्रामा सहकार्य गर्न महामन्त्री पौडेलको आग्रह



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य गर्न सबै नेपाली नागरिकलाई आग्रह गर्नुभएको छ ।

उहाँले आज एक भिडियो सन्देश जारी गर्दै आमकार्यकर्ताको चाहनाअनुसार विशेष महाधिवेशनमार्फत नीति र नेतृत्व परिवर्तन भएकाले अब देश परिवर्तनको यात्रामा सँगै सहकार्य गर्न सबैलाई आग्रह गर्नुभएको हो ।

महामन्त्री पौडेलले कांग्रेसभित्र आफूले विगतमा पार्टी रूपान्तरणको विषयलाई पैरवी गरिरहेको बताउँदै अहिले सोहीअनुसार भएकाले देश परिवर्तनको यात्रामा सहकार्य गर्न आग्रह गर्नुभयो । “हामीले नेतृत्व र नीति परिवर्तनका विषय निरन्तर उठाइरह्यौँ, आज विशेष महाधिवेशनमार्फत पार्टीमा नेतृत्व र नीति दुवै परिवर्तन भएको छ । हामीले कांग्रेसमात्र परिवर्तन गर्न खोजेका होइनौँ, देशलाई विकास गर्दै सकारात्मक परिवर्तन गर्न खोजेका हौँ”, उहाँले भन्नुभयो ।

उहाँले आमनेपाली, कांग्रेसका साथीहरू र मतदाताहरूको चाहनाबमोजिम पार्टी सभापति गगनकुमार थापालाई फागुन २१ गतेको निर्वाचनपश्चात् कांग्रेसले प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्ने निर्णय गरेकाले देश परिवर्तनका निम्ति आफूहरूको निर्णयमा आममतदाताको साथ, समर्थन र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

परिवर्तित कांग्रेसले देश परिवर्तन गर्छ भन्ने प्रतिबद्धतासहित देशको नेतृत्व कांग्रेसको तर्फबाट प्रस्ताव गरेको उहाँको भनाइ छ । देश परिवर्तनका निम्ति कांग्रेसको निर्णयमा आम मतदाताको साथ, समर्थन र सहयोग प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । रासस