२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिम्बाब्वेविरुद्धको खेलमा बलिङ गर्दै नेपाल



अ+ अ-

काठमाडौँ । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत जिम्बाब्वेविरुद्धको खेलमा नेपालले टस जितेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तररष्ट्रिय क्रिकेट मैदानमा नेपाली महिला टोलीले टस जितेर बलिङ रोजेको छ । टी–२० विश्वकप छनोटको सुपर सिक्समा पुग्न नेपाललाई आज जित्नैपर्ने दबाब छ । सुपर सिक्समा पुग्न नेपालले जितेर मात्र पुग्ने छैन । अन्य खेलको नतिजाको प्रतीक्षा गर्नुपर्ने छ ।

समूह ‘बी’ का यी दुवै टोली अङ्कविहीन छन् । नेपालले २ र जिम्बाब्वेले ३ खेल खेलिसकेका छन् । नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ८ विकेटले र नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको थियो । समूह ‘बी’ बाट नेदरल्यान्ड्स सुपर सिक्समा पुगिसकेको छ ।