काठमाडौ । जनता समाजवादी पार्टी, नेपालका केन्द्रिय सदस्य दीपेन्द्र अग्रवाल नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।
शनिवार एमाले मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई खादा र टिका लगाएर पार्टीमा प्रवेश गराउनुभएको हो । त्यस अवसरमा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता पनि एमाले प्रवेश गरेका थिए ।
नवप्रवेशीहरुलाई अध्यक्ष ओलीले स्वागत गर्नुभएको थियो ।












