२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनमा एमालेलाई विजयी गराउन लाग्नुस्, देशले जित्नेछः ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचनमा एमालेलाई विजयी बनाउनका लागि साथ दिन सबैलाई आह्वान गर्नुभएको छ ।

शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले एमालेलाई निर्वाचनमा विजयी बनाउने काममा सक्रियतापूर्वक लागि दिन आग्रह गर्नुभएको हो ।

अध्यक्ष ओलीले देश र जनताको हितमा काम गर्नका लागि पनि आगामी निर्वाचनमा नेपाली जनताले एमालेलाई विजयी गराउनुपर्ने जिकिर गर्नुभयो । उहाँले मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन पनि आगामी निर्वाचनमा एमाले विजयी हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तपाईहरु सबैलाई म आग्रह गर्न चाहन्छु–नेकपा एमालेलाई साथ दिनुहोस् । एमालेले तपाईहरुलाई साथ दिनेछ । एमाले तपाईहरुका लागि काम गर्छ । अरु कुनै उद्देश्य छैन । जनताका लागि काम गर्ने हो, देशका लागि काम गर्ने हो । आफना लागि काम गर्ने होइन एमालेले । त्यसकारण मेरो आग्रह यही छ–तपाईहरु सक्रियतापूर्वक एमालेलाई विजयी बनाउने काममा लाग्नुस । देशले जित्नेछ, शान्तिले जित्नेछ । सुशासनले् जित्नेछ, विकासले जित्नेछ ’

अध्यक्ष ओलीले नेपाली समाजलाई सभ्य र सुसंस्कृतिको बाटोमा फर्काउन पनि आगामी निर्वाचनपछि एमालेले सरकार बनाउनुपर्ने बताउनु भयो ।