१५ असार २०८३, सोमबार
,
Latest
आज ७५ लाख लिटर दही खपत हुने, एक अर्ब रुपैयाँ बराबरको कारोबारको अनुमान सुकीका छोरा किम एरिसको माग: ‘आमा जीवित रहेको प्रमाण सार्वजनिक गर’ भोजपुरकाे पौवादुङमा गाउँपालिकाद्वारा प्रहरी चौकीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण पर्वतकाे महाशिलाका कृषकले २० महिनामै गरे रु ८ करोडको कृषि उपज बिक्री इयू र चीनबीचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल दमौलीका १८ होटल–रेष्टुराँ अनुगमन, पाँचले मापदण्ड पूरा गर्न सकेनन् सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन्ः सभामुख राष्ट्रिय धान दिवस : ‘ड्रोन’मार्फत मल छरेर ‘मेसिन’मार्फत रोपियो धान उपत्यकामा घुम्ती प्रयोगशालासहित बजार अनुगमन रुप फेरिएको नयाँ बसपार्क
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा भारी हिमपात हुँदा ६१ को मृत्यु, ११० घाइते



अ+ अ-

काबुल। अफगानिस्तानमा बुधबार र बिहीबार भएको भारी हिमपात र वर्षाका कारण कम्तीमा ६१ जनाको मृत्यु भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले शनिबार एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

आँधीबेहरीका कारण ४५८ घर पूर्ण वा आंशिक रुपमा क्षतिग्रस्त भएका छन् । प्रारम्भिक तथ्याङ्कले मृतकको सङ्ख्या ६१ र घाइतेको सङ्ख्या ११० भन्दा बढी रहेको देखाएको छ ।

“हिमपात र बर्षाका कारण भएको हताहतीको विभिन्न क्षेत्रहरूबाट रिपोर्ट सङ्कलन गर्ने क्रम अझै जारी छ र हताहत हुनेको सङ्ख्या बढ्ने सम्भावना देखिन्छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

विगत तीन दिनयता अफगानिस्तानका अधिकांश क्षेत्रहरूले चिसो तापक्रम र भारी हिमपातको सामना गर्नुपरेको छ, जसका कारण राष्ट्रिय राजधानी काबुल र कैयौँ प्रान्तहरू बीचको महत्वपूर्ण सञ्जालसहित धेरै प्रमुख राजमार्ग र सडकहरू बन्द भएका छन् ।  (रासस/एएफपी)