१५ असार २०८३, सोमबार
,
Latest
आज ७५ लाख लिटर दही खपत हुने, एक अर्ब रुपैयाँ बराबरको कारोबारको अनुमान सुकीका छोरा किम एरिसको माग: ‘आमा जीवित रहेको प्रमाण सार्वजनिक गर’ भोजपुरकाे पौवादुङमा गाउँपालिकाद्वारा प्रहरी चौकीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण पर्वतकाे महाशिलाका कृषकले २० महिनामै गरे रु ८ करोडको कृषि उपज बिक्री इयू र चीनबीचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल दमौलीका १८ होटल–रेष्टुराँ अनुगमन, पाँचले मापदण्ड पूरा गर्न सकेनन् सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन्ः सभामुख राष्ट्रिय धान दिवस : ‘ड्रोन’मार्फत मल छरेर ‘मेसिन’मार्फत रोपियो धान उपत्यकामा घुम्ती प्रयोगशालासहित बजार अनुगमन रुप फेरिएको नयाँ बसपार्क
तपाईं के खोज्दै हुनुहुन्छ ?

काजकिरियाका लागि मुसहर परिवारलाई राहत सहयोग



अ+ अ-

सिरहा। लहान नगरपालिकाले स्थानीय दलित तथा मुसहर समुदायका चार मृतक परिवारलाई काजकिरियाका लागि राहत सामग्रीसहित आर्थिक सहयोग प्रदान गरेको छ ।

नगरपालिकाको नीतिअनुसार नगरप्रमुख महेशप्रसाद चौधरीले आज मृतकका घरमा पुगेर उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो ।

राहत प्राप्त गर्नेमा लहान–५ का राजेन्द्र मेस्तर, वडा नं १७ का राजकुमार सदाय, वडा नं १८ का तिलियादेवी सदाय र चन्देश्वर सदायका परिवार छन् ।

नगरपालिकाका तर्फबाट प्रत्येक परिवारलाई एक क्विन्टल चामल, तीन किलो दाल, नुन, तेल र एक थान फाइबर सिरक उपलब्ध गराइएको छ । साथै मुसहर समुदायको हकमा काजकिरिया खर्चस्वरूप थप रु पाँच हजार नगद प्रदान गरिने नगर कार्यालयले जनाएको छ ।

सहयोग हस्तान्तरणका क्रममा नगरप्रमुख चौधरीले मृतक परिवारप्रति समवेदना व्यक्त गर्दै नगरपालिका गरिब, विपन्न र दलित समुदायको दुःखमा सधैँ साथमा रहने प्रतिबद्धता जनाउनुभयो । उहाँले पीडित परिवारलाई घर छाउन आवश्यक पर्ने जस्तापाता उपलब्ध गराउने आश्वासन दिनुभयो ।

नगरपालिकाले आगामी दिनमा पनि यस्ता असहाय र विपन्न वर्गलाई लक्षित गरी राहत तथा सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । रासस