२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपाली पोर्ट’ प्रणाली सोमबारदेखि सुरु



अ+ अ-

काठमाडौं । सरकारले नेपालको अध्यागमन प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउन अध्यागमन विभागबाट विकास गरिएको नेपाली पोर्ट नामक नयाँ प्रणालीलाई सोमबारदेखि सुरु गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो नयाँ पोर्टको सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालबाट उद्घाटन गर्नेछन् ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलको निरन्तरको सक्रियताबाट विकास गरिएको सो नयाँ पोर्ट लागू भएपछि अध्यागमन सूचना प्रणाली एवं भौतिक सुधारसहितको अत्याधुनिक अध्यागमन सेवा सञ्चालनमा आउनेछ । आइरिस मेसिन र वायोमेट्रिक विवरणसहितको अध्यागमन सूचना प्रणालीअनुसार काम अगाडि बढाइने विभागले जनाएको छ ।

मुलुकको अन्तर्राष्ट्रिय छवि र सम्बन्धसँग समेत जोडिएको विषय भएकाले विभागले सो अत्याधुनिक प्रणालीमार्फत अध्यागमन सेवा दिने गरी सूचना प्रणालीको विकास गरेको विभागका महानिर्देशक पौडेलले जानकारी दिए । राजधानी दैनिकबाट