२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सार्वजनिक कुर्सी हटाइएको होइन, व्यवस्थापनको काम थालिएको हो’



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक किनारा, पार्क तथा नदी करिडोर क्षेत्रमा पैदल यात्रीलाई बस्न सहज होस् भन्ने उद्देश्यले सार्वजनिक कुर्सीको व्यवस्थापन कार्य थालेको छ।

महानगरका अनुसार यो कार्य कुर्सी हटाउने नभई व्यवस्थापन, मर्मत र आवश्यकताअनुसार थपघट गर्ने प्रक्रियाको हिस्सा हो।

यस क्रममा जीर्ण र पुराना कुर्सीको मर्मत, सम्भार तथा रंगरोगन गरिनेछ भने यात्रुको चाप बढी हुने स्थानमा कुर्सीको संख्या थपिनेछ। साथै, एउटै स्थानमा एउटै प्रकारका कुर्सी राखी एकरुपता कायम गर्ने, आकर्षक र प्रयोगमैत्री बनाउने योजना पनि रहेको महानगरले जनाएको छ।

सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राईका अनुसार पैदल यात्रुको उमेर समूह र शारीरिक अवस्थालाई ध्यानमा राख्दै सहजता बढाउने काम अघि बढाइएको हो। उनले भने, “यसअघि राखिएका स्थानबाट कुर्सी हटाउने कुनै योजना छैन। एकरुपता कायम गर्न आवश्यक परे साटफेर हुन सक्छ।”

महानगरपालिकाले व्यक्तिहरूको आवतजावत र चापको आधारमा सार्वजनिक कुर्सी थपघट गरिने स्पष्ट पारेको छ।




भर्खरै