२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशम चौधरीले प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न नपाउने



अ+ अ-

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न नपाउने भएका छन्।

आइतबार सर्वोच्च अदालतले चौधरीको माग अस्वीकार गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। यससँगै निर्वाचन आयोगले खारेज गरेको उनको उम्मेदवारी यथावत् रहने भएको छ।

चौधरीले निर्वाचन आयोगले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध माघ ९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। उक्त रिटमा न्यायाधीश बालकृष्ण ढकालको इजलासले कारण देखाऊ आदेश मात्र जारी गरेको छ।

सर्वोच्च अदालतले मुद्दाको अर्को सुनुवाइ माघ १५ गतेका लागि तोकेको छ। तर अन्तरिम आदेश नदिइएकाले हालका लागि चौधरी निर्वाचन प्रतिस्पर्धाबाट बाहिरिने भएका छन्।

निर्वाचन आयोगले चौधरीको कसुर तथा कैदसम्बन्धी अभिलेख कायमै रहेको भन्दै उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिएका थिए।